Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

एमालेले सोध्यो रावल, पाण्डे र उषाकिरणलाई सात दिने स्पष्टीकरण

एमालेले सोध्यो रावल, पाण्डे र उषाकिरणलाई सात दिने स्पष्टीकरण

मंगलवार , कार्तिक ६, २०८१

काठमाडौं । नेकपा एमालेले आफ्ना तीन नेतालाई स्पष्टीकरण सोधेको छ ।

एमालेले पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई मंगलबार सात दिनभित्र स्पष्टीकरण पेस गर्न पत्र पठाएको हो ।

महासचिव शंकर पोखरेलले पार्टी केन्द्रीय भवन दानमा स्विकार्ने निर्णयविपरीत बोल्ने नेताहरूलाई पत्र पठाएका हुन् ।

एमालेको सचिवालय बैठकले पार्टी लाइनविपरीत बोलेको भन्दै तीन नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सोही अनुसार मंगलबार सात दिने स्पष्टीकरण सोधिएको हो ।

एमालेले विवादित व्यापारी मीनबहादुर गुरुङबाट १० रोपनी १४ आना जग्गा दान लिने र उनले नै केन्द्रीय कार्यालय बनाइदिने निर्णय गरेको थियो ।

गुरुङकै उपस्थितिमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले कीर्तिपुर नगरपालिका २ मैत्री नगरमा दशैंको बेला कार्यालय भवनको शिलान्यास गरेका थिए । विवादित व्यापारी र व्यवसायीबाट दान लिएको भन्दै पार्टीभित्रै विरोध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077