Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

बलात्कार र गर्भपतन मुद्दाका फरार प्रतिवादी पक्राउ

बलात्कार र गर्भपतन मुद्दाका फरार प्रतिवादी पक्राउ

मंगलवार , कार्तिक ६, २०८१

काठमाडौं । प्रहरीले बलात्कार र गर्भपतन मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले मंगलबार सल्यानको बागचौर नगरपालिका–२ बागचौर घर भई काठमाडौं कीर्तिपुर पाँगा बस्दै आएका ३५ वर्षीय रामचन्द्र केसीलाई पक्राउ गरेको हो ।

उनीविरुद्ध २ साउन २०७७ मा जिल्ला प्रहरी कार्यालय सल्यानमा बलात्कार र गर्भपतनको जाहेरी परेको थियो ।

पछि उच्च अदालत सुर्खेतको २४ वैशाख २०८१ मा उनीविरुद्ध १२ वर्ष ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला भएको सीआईबीका प्रवक्ता होबिन्द बोगटीले जानकारी दिए ।

उनलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077