Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

जुवातास खेलिरहेको अवस्थामा ३९ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ३९ जना पक्राउ

मंगलवार , कार्तिक ६, २०८१

काठमाडौं । काठमाडौं, दाङ, र बाँकेमा जुवातास खेलिरहेका ३९ जनालाई प्रहरीले पक्राउ गरेको छ । तीनै स्थानबाट ठूलो मात्रामा नगद र तासका बुकहरू बरामद गरिएको हो ।

काठमाडौं टोखा नगरपालिका-३, धनेश्वरमा डेरा गरी बस्ने फुलमाया तामाङ (४४) को कोठामा जुवातास खेलिरहेको अवस्थामा फुलमाया सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

गोंगबु प्रहरी प्रभागबाट खटिएको टोलीले उनीहरूलाई ७० हजार रुपैयाँ नगद र ४ बुक तास सहित नियन्त्रणमा लिएको छ ।

दाङ, घोराही उपमहानगरपालिका-१५, उषाटोलस्थित शरद लामिछाने ९६०० को घरमा जुवातास खेलिरहेको अवस्थामा लामिछानेसहित १० जनालाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले ७० हजार ६६० रुपैयाँ नगद र ४ बुक तास बरामद गरेको छ।

बाँके, राप्तिसोनारी गाउँपालिका-६, लक्ष्मिराजपुरबाट जुवातास खेलिरहेका २० जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपालगञ्ज उपमहानगरपालिका-६ बस्ने मेघनाथ कुचबन्दियासहित उनीहरूलाई जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले नियन्त्रणमा लिएको हो।

सो क्रममा ३ लाख ९१ हजार रुपैयाँ नगद र १४ बुक तास बरामद गरिएको छ । तीनै घटनामा संलग्न सबै व्यक्तिहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077