Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

सहकारी ठगी प्रकरण : रुपन्देहीमा छविसँग साढे ७ घण्टा बयान, सोधिए ५७ प्रश्न

सहकारी ठगी प्रकरण : रुपन्देहीमा छविसँग साढे ७ घण्टा बयान, सोधिए ५७ प्रश्न

मंगलवार , कार्तिक ६, २०८१

काठमाडौं । नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीसँग रुपन्देही जिल्ला सरकारी वकिलको कार्यालयले साढे ७ घण्टा लामो बयान लिएको छ ।

बुटवलस्थित सुप्रिम सहकारीको रकम दुरुपयोगको आरोपमा अनुसन्धानका लागि बुटवल ल्याइएका जोशीलाई झण्डै साढे सात घण्टा लगाएर विभिन्न ५७ वटा प्रश्न सोधेपछि बयान सकिएको हो । मंगलबार बिहान ११ बजेदेखि सुरु भएको जोशीको बयान साँझ ६.३० बजेतिर सकिएको थियो।

गोर्खा मिडिया नेटवर्क मार्फत सुप्रिम सहकारीको रकम अपचलन गरेको सम्बन्धमा जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख प्रेमराज पौडेलको रोहवरमा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डित र अनुसन्धान अधिकृतहरूले बयान लिएका हुन् ।

जोशी गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष हुन् । सुप्रिम सहकारीबाट गोर्खा मिडियामा गएको १४ करोड मध्ये साढे २ करोड जोशीको नाममा गएको यसअघि भएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077