Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

सभापति लामिछाने पक्राउको विरोधमा आज पनि प्रदर्शन गर्दै रास्वपा

सभापति लामिछाने पक्राउको विरोधमा आज पनि प्रदर्शन गर्दै रास्वपा

बुधवार , कार्तिक ७, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा आज पनि विरोध प्रदर्शन गर्ने भएको छ ।

रास्वपाले आफ्ना कार्यकर्ता र समर्थकहरूलाई आज दिउँसो १२ः३० बजे पोखराको सृजना चोकमा भेला भएर विरोध प्रदर्शनमा सहभागी हुन् आग्रह गरेको हो ।

पोखरा लगायत देशैभरिका जनताहरूले देखाएको राजनीतिक प्रतिशोधविरुद्धको ऐक्यबद्धताका लागि आभार व्यक्त गर्दै पार्टीले अन्यायविरुद्धको लडाईमा आज पनि सहभागी भइदिन आग्रह गरेको छ ।

सहकारी ठगी प्रकरणमा लामिछाने पक्राउ परेदेखि नै पार्टीले लगातार विरोध प्रदर्शन गर्दै आएको छ । लामिछानेलाई अदालतले छानबिन गर्न ६ दिनको म्याद थप दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077