Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

रेकर्ड बनाएको सुनको मूल्य प्रतितोला २०० ले घट्यो, कतिमा हुँदैछ कारोबार ?

रेकर्ड बनाएको सुनको मूल्य प्रतितोला २०० ले घट्यो, कतिमा हुँदैछ कारोबार ?

बुधवार , कार्तिक ७, २०८१

काठमाडौं । नेपाली बजारमा सुनको मूलय बढेर मंगलबार रेकर्ड कायम गरेको थियो।

सुनको मूल्यले दिन प्रतिदिन नयाँ रेकर्ड कायम गरिरहेको अवस्थामा आज भने सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको हो।

सोमबार प्रतितोला सुन १ लाख ६५ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार तोलामा ३ सय बढेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला सुन १ लाख ६५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

आज २ सय घटेर प्रतितोला १ लाख ६५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुनको मूल्यसँगै चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको थियो।

मंगलबार चाँदी प्रतितोला २१ सय रुपैयाँमा कारोबार भएको थियो। सोमबार २ हजार ९५ रुपैयाँमा कारोबार भएको थियो। बुधबार पनि चाँदीको मूल्य भने बढेर २१ सय ३५ मा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढ्दा नेपाली बजारमा त्यसको प्रभाव परेको विज्ञहरू बताउँछन्।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिआउन्स करिब २७ सय अमेरिकी डलर छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै त्यसको प्रभाव नेपाली बजारमा पर्ने गरेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077