Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

वर्तमान सरकार निरंकुश हुँदै गइरहेको छ : नारायणकाजी श्रेष्ठ

वर्तमान सरकार निरंकुश हुँदै गइरहेको छ : नारायणकाजी श्रेष्ठ

बुधवार , कार्तिक ७, २०८१

विराटनगर । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले केपी शर्मा ओली सरकारको एक सय दिनमा समीक्षा गर्नुपर्ने विषय नै नभएको बताएका छन्।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् । उपाध्यक्ष श्रेष्ठले अहिलेको सरकार निरंकुश हुँदै गइरहेको दाबी गरे ।

वर्तमान दुई ठूला राजनीतिक दल सम्मिलित सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने प्रयास गरेर निरंकुशता प्रदर्शन गर्न खोजेको आरोप लगाए ।

दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन खोज्नु नै सरकार निरंकुशतातर्फ उन्मुख हुँदैछ भन्ने प्रमाण भएको उनको जिकिर छ ।

सरकारले निरंकुशता लादेर अन्य राजनीतिक पार्टीहरूलाई कमजोर बनाउने खेल खेलिरहेको आरोप उनले लगाए ।

उनले सरकारले कुनै सकारात्मक काम गर्न नसकेको कारण समीक्षा गर्न मेहनत गर्नै आवश्यक नरहेको बताए ।

अहिलेको सरकारले देश र जनताको हितमा काम गर्न नसकेको श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077