Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

भिड जम्मा पारेर अदालतलाई प्रभावित नपार्न रास्वपालाई सत्तारुढ दलको चेतावनी

भिड जम्मा पारेर अदालतलाई प्रभावित नपार्न रास्वपालाई सत्तारुढ दलको चेतावनी

बुधवार , कार्तिक ७, २०८१

काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय स्वतन्त्र पार्टीलाई आग्रह गरेको छ ।

बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकले भिड जम्मा गरेर न्यायिक निरूपणमा बाधा नपुर्‍याउन चेतावनी दिएको हो ।

सत्तारुढ दलहरुको बैठकले संसदीय छानबिन समितिमा भएका दलहरुले रवि लामिछाने पक्राउको विरोध गर्नु नैतिक नहुने निष्कर्ष निकालेको छ ।

सत्तारुढ दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको १०० दिन पुगेको अवसरमा सरकारका कामको समीक्षा र आगामी कार्ययोजनाबारे छलफल भएको थियो।

समितिले कारबाही सिफारिस गरेकामध्ये एक रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गरेको छ । तर रास्वपाले भने राजनीतिक प्रतिशोध राखेको भन्दै निरन्तर प्रदर्शन गर्दै आएको छ ।

सत्तारुढ दलहरुले भने सडकमा भीड जम्मा गरेर छानबिन तथा न्याय निरुपणको प्रक्रिया अवरुद्ध नगर्न आग्रह गरेको छ ।

फौजदारी अभियोगमा छानबिन चलिरहेका बेला सडकबाट प्रभावित गर्न खोज्नु अनुचित भएको सत्तारुढ दलहरुको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077