Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

भारतीय अन्डरवर्ल्ड डन छोटा राजनले पाए जमानत

भारतीय अन्डरवर्ल्ड डन छोटा राजनले पाए जमानत

बुधवार , कार्तिक ७, २०८१

एजेन्सी । भारतको बम्बई उच्च अदालतले २३ वर्ष पुरानो हत्या प्रकरणमा अन्डरवर्ल्ड ग्याङ्स्टर छोटा राजनलाई जमानत दिएको छ।

सन् २००१ मा जया शेट्टीको हत्या मुद्दामा छोटा राजनले जमानत पाएका हुन्। यस मुद्दामा राजनलाई यसअघि नै सजाय भइसकेको छ।

सन् २००१ मा होटल व्यवसायी जया शेट्टीको हत्या आरोपमा छोटा राजनलाई जन्मकैदको सजाय सुनाइएको थियो ।

उनी अहिले पत्रकार ‘जे डे’ (ज्योतिर्मय)को हत्या अभियोगमा सजाय भुक्तान गरिरहेका छन् । सोही कारण अदालतले जमानत दिए पनि उनी जेलबाट छुट्ने सम्भावना सहज नभएको बताईएको छ।

उनलाई पत्रकार ‘जे डे’ को हत्या अभियोगमा अदालतले जन्मकैद तोकेको छ ।

मुम्बईको एक विशेष अदालतले सन् २००१ मा पत्रकार जे डेको हत्या मामिलामा मुख्य अभियुक्त छोटा राजनसमेत नौ जना अभियुक्तलाई आजीवन कारावासको सजाय सुनाएको थियो ।

‘मिड डे’अखबारका लागि ‘जे डे’ नामबाट समाचार लेख्दै आएका ज्योतिर्मयको मुम्बईस्थित उपनगर पवईमा सनु २०११ जुन ११ मा गोली हानेर हत्या गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077