Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

सहकारी ठगीमा संलग्न ६ सयभन्दा बढीलाई कारबाही गरिएको छ : प्रधानमन्त्री ओली

सहकारी ठगीमा संलग्न ६ सयभन्दा बढीलाई कारबाही गरिएको छ : प्रधानमन्त्री ओली

बुधवार , कार्तिक ७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी गर्ने ६ सय जनाभन्दा बढीलाई कारबाही गरिएको बताएका छन् ।

सरकारको १०० दिने पुगेको अवसरमा सिंहदरबाबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले जुनसुकै कालखण्डमा भएका भए पनि भ्रष्टाचारमाथि कारवाही हुने स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम अपचलन र ठगी गर्नेहरुमाथि सरकारले कानुनी कारवाही सुरु भएको बताए ।

प्रधानमन्त्री ओलीले भने,'हालसम्म ६ सय भन्दा माथिलाई कानुनी कारवाही गरिएको छ, ५ सय ७५ भन्दा बढी त जेलमै छन् । सहकारी ठगहरुलाई कारवाही गर्ने मात्र होइन, वचतकर्ताको वचत फिर्ता गर्नको लागि आवश्यक पर्ने सहकारी प्राधिकरण ऐन तर्जुमा गर्ने र सहकारी कर्जा सूचना केन्द्र तथा ऋण असुली न्यायाधीकरण स्थापना गर्ने काम पनि सँगसँगै अघि बढाइँदै छ ।'

उनले भ्रष्टाचार नियन्त्रण र सुशासन एकछिन्को हल्लाबाजी र सुटिङ गरेर देखाउने विषय बन्न नहुने भएकाले यसले सुशासनको प्रणालीका रुपमा गति लिनु पर्छ भन्नेमा सरकार स्पष्ट रहेको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रणको विषय एकछिन गरिने हल्ला र सुटिङजस्तो नरहेको पनि बताए।

भ्रष्टाचार नियन्त्रणमा सरकारले क्यामेरालाई नभई कानुनलाई गुरू मानेको पनि उनले बताए। प्रधानमन्त्री ओलीले जुनसुकै कालखण्डमा भएका भए पनि भ्रष्टाचारमाथि कारबाही हुने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077