Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

बुधबार दोहोरो अंकले घट्यो नेप्से, ६ अर्ब २७ करोडको कारोबार

बुधबार दोहोरो अंकले घट्यो नेप्से, ६ अर्ब २७ करोडको कारोबार

बुधवार , कार्तिक ७, २०८१

काठमाडौं । मंगलबार दोहोरो अंकले बढेको नेप्से परिसूचक बुधबार घटेको छ।

मंगलबार बढेर २६६५.८१ विन्दुमा पुगेको नेप्से बुधबार २०.४१ अंकले ओरालो लागेको हो ।सूचक घटे पनि कारोबार रकम भने बढेको छ।

यसदिन ३२४ स्क्रिप्टको १ करोड ४७ लाख ४२ हजार ५१४ कित्ता सेयर ६ अर्ब २७ करोड ८९ लाख ५१ हजार ८५३ रुपैयाँमा किनबेच भएको छ।

हिजो ४ अर्ब १७ करोड १६ लाख बराबरको कारोबार भएको थियो। आज ३२४ वटा धितोपत्रको एक करोड ५७ लाख ४२ हजार ५१४ कित्ता सेयर किनबेच भएको हो।

बुधबार ७६ कम्पनीको सेयर मूल्य बढेको छ भने १५५ वटाको घटेको छ। यस्तै, १३ कम्पनीको मूल्य स्थिर रहेको छ। कारोबार रकमका आधारमा आइसीएफसी फाइनान्स अग्रस्थानमा आएको छ।

आइसीएफसीको ३ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। यसैगरी दोस्रोमा कुमारी बैंक र तेस्रो स्थानमा साहस ऊर्जा परेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077