Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

कांग्रेस-एमाले मिलेर बनेको सरकार ढाल्ने सपना नदेखे हुन्छ : प्रधानमन्त्री ओली

कांग्रेस-एमाले मिलेर बनेको सरकार ढाल्ने सपना नदेखे हुन्छ : प्रधानमन्त्री ओली

बुधवार , कार्तिक ७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई काम गर्न नदिने उद्देश्यले सरकार ढल्ने हल्ला चलाइने गरेको बताएका छन् ।

१०० दिनको प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले कांग्रेस र एमाले मिलेर बनेको सरकार ढल्ने सपना नदेख्न पनि आग्रह गरे।

उनले सरकार गठन भएकै दिनदेखि केही तत्वहरू सरकारको विरोधमा लागेको बताए । त्यस्ता तत्वहरूले मुलुकलाई प्रतिगमनमा धकेल्ने प्रयास गरिरहेको प्रधानमन्त्री ओलीको भनाई छ।

प्रधानमन्त्री ओलीले भने,‘सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि बिहानै ढल्छ भन्ने जस्तो अफवाहरु प्नि फैलाउने गरिएको छ । यो काम गर्न नदिने उद्देश्यले चलाइएको हल्ला हो । कांग्रेस र एमाले जस्तो इतिहास र हैसियत भएको दलहरु मिलेर बनेको सरकार ढल्ने दिवा सपना कसैले नदेखे हुन्छ।’

प्रधानमन्त्री ओलीले इतिहास र हैसियत भएका दलहरू मिलेर बनेको सरकार ढल्ने दिवा सपना नदेख्न आग्रह समेत गरे।

प्रधानमन्त्री ओलीले काम गर्न नदिने उद्देश्यले सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि बिहानै ढल्छ भन्ने जस्ता अफबाह फैलाउने गरिएको टिप्पणी गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077