Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

किन एकैपटक फेरिए चितवनका सिडिओ र एसपी ?

किन एकैपटक फेरिए चितवनका सिडिओ र एसपी ?

बुधवार , कार्तिक ७, २०८१

काठमाडौं । चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र प्रहरी उपरीक्षक (एसपी) एकैपटक फेरिएका छन् । सिडिओ इन्द्रदेव यादब र एसपी भावेस रिमाललाई बुधबार सरुवा गरिएको हो ।

चितवनको सिडिओमा प्रकाश पौडेल र एसपीमा गौतम मिश्रलाई खटाइएको छ । स्रोतका अनुसार राजनीतिक कारणले उनीहरुको सरुवा भएको हो । दुवै जना प्रचण्ड प्रधानमन्त्री हुँदा चितवन गएका थिए ।

जसकारण प्रचण्डकै निकटताका आधारमा उनीहरु गएको बताइन्छ । सिडिओ त रवि लामिछाने गृहमन्त्री हुँदा गएका थिए । उनलाई चार महिनामै हटाइएको छ ।

अहिले नयाँ सरकारको रणनीतिअनुसार चलाउन समस्या हुने देखेर सरुवा गरिएको गृह मन्त्रालय स्रोत बताउँछ ।

चितवन प्रचण्ड मात्र नभई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पनि गृह जिल्ला हो । लामिछानेमाथि साहारा सहकारीको अनियमिततामा चितवनमा पनि अनुसन्धान गर्न लागिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077