Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

सीआईबी प्रमुखको नाम र फोटो राखेर धम्की दिएपछि...

सीआईबी प्रमुखको नाम र फोटो राखेर धम्की दिएपछि...

बुधवार , कार्तिक ७, २०८१

काठमाडौं । प्रहरीले सीआईबीका प्रमुखकै नाम र फोटो दुरुपयोग गरेर विभिन्न व्यक्तिहरूलाई धम्की दिने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–१ ठूलो मिलचोकका ३० वर्षीय हेमकुमार खड्का रहेका छन् । उनलाई सोमबार पक्राउ गरिएको बताइएको छ ।

खड्काले मोबाइलको कलर आईडीमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाको नाम र फोटो प्रयोग गरी 'ब्युरोको कर्मचारी हुँ भन्दै' फोन गरेर धाकधम्की दिने गरेको पाइएपछि उनलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

उनीमाथि जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077