Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

दुर्घटनामा हजुरबुवा र नातिनीको मृत्यु : झापाको केर्खामा तनाव, प्रहरी बिटमा आगजनी

दुर्घटनामा हजुरबुवा र नातिनीको मृत्यु : झापाको केर्खामा तनाव, प्रहरी बिटमा आगजनी

बुधवार , कार्तिक ७, २०८१

झापा । दुर्घटनामा हजुरबुवा र नातिनीको मृत्यु भएपछि झापाको केर्खा बजारको स्थिति तनावपूर्ण छ ।

काँकडभिट्टाबाट काठमाडौं हिँडेको रात्रि बसले कमल गाउँपालिकाको केर्खामा इलेक्ट्रिक साइकललाई ठक्कर दिँदा हजुरबुबा र नातिनीको घटनास्थलमै मृत्यु भएको थियो ।

त्यसपछि आक्रोशित स्थानीयले रतुवा माई वृक्षारोपण आयोजना अगाडि रहेको प्रहरी बिटमा आगजनी गरेका हुन् । सडकमा टायर बालेर उनीहरूले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेर विरोध प्रदर्शन गरिरहेका छन् ।

असुरक्षित महसुस गरिरहेका सुरक्षाकर्मीहरू केर्खा प्रहरी चौकीभित्र रहेका छन् । भीडले चौकीमाथि आक्रमण गर्न प्रयास गरिरहेको छ। स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले आशु ग्यास समेत प्रहार गरेका छन्।

स्थानीय मनोज लिम्बूकी अन्दाजी १२ वर्षकी छोरी कृपा लिम्बू र उनका बुवाको मृत्यु भएपछि घटनास्थल तनावग्रस्त बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077