Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

अवैध सामानसहित ६ जना भारतीय नागरिक पक्राउ

अवैध सामानसहित ६ जना भारतीय नागरिक पक्राउ

बुधवार , कार्तिक ७, २०८१

कैलाली । प्रहरीले कैलालीमा चार लाख बढी मुल्यको अवैध सामानसहित ६ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको लखिमपुर खिरी तिकुनिया गाउँका ३० वर्षीय गुल्ला सिह, ४५ वर्षीय इब्राहिम खान, २१ वर्षीय सुसिल कुमार, २६ वर्षीय अमिल खान, २५ वर्षीय समिर खान र २६ वर्षीय साहिल खान रहेका छन् ।

उनीहरुलाई जिल्लाको टीकापुर नगरपालिका–८ बटनपुरबाट अवैध सामानसहित पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ ।

उनीको साथबाट ३ लाख ९० हजार ८५० मुल्य बराबरको सुर्तीजन्य पदार्थ, जुत्ता, चप्पल, माला, साईकलसहित पक्राउ गरिएको बताइएको छ ।

यस्तै धनगढी उप– महानगरपालिका–४, १२ र १५ बाट अन्दाजी ७४ हजार ९८० मुल्य बराबरको कपडा, किरानाका सामान र बच्चाका खेलौना बरामद गरिएको छ।

बरामद गरेको भन्सार छलिको सामान र पक्राउ परेकालाई कारबाहीका लागि भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077