Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

माओवादी सत्ता वियोगको छटपटीमा छ, जे कुराको पनि विरोध गर्न थाल्यो : शंकर पोखरेल

माओवादी सत्ता वियोगको छटपटीमा छ, जे कुराको पनि विरोध गर्न थाल्यो : शंकर पोखरेल

बिहिवार , कार्तिक ८, २०८१

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रमुख प्रतिपक्षी दल आलोचनाका लागि आलोचनाको खेती गर्ने कुरामा केन्द्रित बन्न पुगेको बताएका छन् ।

बुधबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो बताएका हुन् । उनले यस पटक प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको काम पीडाको समयमा राहत र उद्धारको काममा राज्यका निकायलाई सहयोग गर्न होइन आलोचनाका लागि आलोचनाको खेती गर्ने कुरामा केन्द्रित बन्न पुगेको देखिएको बताए ।

यस्तै माओवादी केन्द्र सत्ता वियोगको छटपटीबाट बाहिर निक्लन नसकिरहेकोले जे कुराको पनि विरोध गर्ने अभियानमा जुटेको उनको आरोप छ । संकटका समयमा प्रतिपक्षी दलको कुण्ठाग्रस्त मानसिकता र व्यवहारको जति आलोचना गरे पनि कमै हुने महासचिव पोखरेलले बताए ।

माओवादीको नेतृत्वमा विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका थिए भने बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि भेटवार्ता गरी सरकारको आलोचना गरेका थिए । पोखरेलले यसबारे सामाजिक सञ्जालमा असन्तुष्टि पोख्दै लेखेका छन्, ‘ यस पटक प्रमुख प्रतिपक्षी दलको काम पीडाको समयमा राहत र उद्धारको काममा राज्यका निकायलाई सहयोग गर्न होइन आलोचनाका लागि आलोचनाको खेती गर्ने कुरामा केन्द्रित बन्न पुगेको देखिन्छ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077