Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

मध्यपूर्व र युक्रेनमा शान्तिको लागि विश्व समुदायको आह्वान

मध्यपूर्व र युक्रेनमा शान्तिको लागि विश्व समुदायको आह्वान

बिहिवार , कार्तिक ८, २०८१

एजेन्सी । रुसमा आयोजित १६ औँ ब्रिक्स शिखर सम्मेलनमा विश्वका नेताहरूले मध्यपूर्व र युक्रेनमा शान्तिको आह्वान गरेका छन् ।

रुसको कजानमा भएको सम्मेलनमा सहभागी भएका विश्वका झण्डै २० जना नेताहरूको यो भेला राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२२ मा युक्रेनमा सेना पठाएयता रुसमा आयोजित सबैभन्दा ठूलो कूटनीतिक मञ्च हो ।

सन् २००९ मा चार सदस्य – ब्राजिल, रुस, भारत र चीनबाट शुरु भएको ब्रिक्स दक्षिण अफ्रिका, इजिप्ट र इरान जस्ता अन्य उदीयमान राष्ट्रहरू समावेश गर्दै विस्तार भएको छ ।

यी देशका नेताहरुले निकालेको संयुक्त वक्तव्यमा ‘मध्यपूर्व र उत्तर अफ्रिकी क्षेत्रमा भइरहेको द्वन्द्व र अस्थिरताबारे गहिरो चिन्ता’ व्यक्त भएको बताइएको छ । मङ्गलवार शुरु भएको सम्मेलन आज सकिँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077