Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

'१२ गाउँ' हिट हुँदा पनि दर्शकलाई किन भनियो साइबर सेना ? दीपकराज र सन्तोष सेन आमने सामने

'१२ गाउँ' हिट हुँदा पनि दर्शकलाई किन भनियो साइबर सेना ? दीपकराज र सन्तोष सेन आमने सामने

बिहिवार , कार्तिक ८, २०८१

काठमाडौँ । यसपालि दशैँको फूलपाती पारेर रिलिज भएको फिल्म '१२ गाउँ'को चर्चा अझै पनि छ । हलमा फिल्म लागेकै दिनदेखि १२ गाउँले चर्चा बटुल्न सफल भएको थियो ।

उसो त १२ गाउँको टिजरले पनि दर्शकबाट निकै प्रशंसा पाएको थियो । टिजरमा समेटिएको डाइलग झनै हिट भएका थिए । प्रशंसा र विवादकाबीच १२ गाउँले निरन्तर कमाई गरिरहेको छ ।

अहिले पनि सो फिल्म हर्ने दर्शकहरुको सिनेमा हलमा घुइँचो छ । तर सोही फिल्म र नव नायक समीर भट्टको पक्षमा बोलेका निर्माता तथा निर्देशक सन्तोष सेन र निर्माता तथा कलाकार दीपकराज गिरीबीच विवाद बढेको छ ।

गिरीले एक टेलिभिजन अन्तर्वार्तामा सेनलाई ‘साइबर सेनाको कमाण्डर’ भनेका थिए । सो विषयले दुवैबीचको विवादलाई छताछुल्ल बनाएको छ । बुधबार बुधबार सामाजिक सञ्जालमा एक लामो भिडियो पोष्ट गर्दै निर्माता निर्देशक सेनले गिरीले लगाएको आरोप प्रमाणित गर्न चुनौती समेत दिएका छन् । साथै सेनले गिरीको फिल्मले २० करोड कमाउँदा सिनेमा उद्योगले के पायो भन्दै प्रश्न समेत गरेका थिए ।

उनले भनेका छन्-‘एकजना मान्छेले एउटा सिनेमा बनाएर २० करोड कमाउदैमा सिनेमा इन्डस्ट्री धानिँदैन । घाटामा जाने सिनेमाको पनि यो चलचित्र उद्योगलाई अगाडि बढाउन उत्तिकै हात छ ।’ साथै उनले आफुले सधै पुरै सिनेमा उद्योगलाई हित र फाइदा हुने काम गरिरहेको दाबि गर्दै गिरीलाई आफ्नो दायराभन्दा बाहिर आएर फिल्म निर्माण गर्न र उद्योगमा योगदान गर्न आग्रह समेत गरेका छन् ।

उनले आफूलाई ‘साइबर सेना’ को कमान्डर भनिएको कुराको जरासम्म पुगेर पत्ता लगाउने बताउदै यो नेपाली फिल्मका दर्शकलाई समेत भनेको बताएका छन् । उनले गिरीले दर्शकहरुलाई साइबर सेना भनेर अपमान गरेको बताउदै गिरीले भनेको कुरालाई प्रमाणित गर्नुपर्ने बताएका छन् ।

साथै सेनले आउँदो आफ्नो चलचित्र ‘बलिदान’को हिरो समीर भट्ट ‘१२ गाउँ’ मा रहेकाले आफ्नो समर्थन स्वाभाविक रुपमा उनलाई रहेको स्पष्ट गरेका थिए ।

सेनले गिरीलाई मनमा तुष राखेर बाहिर मिठो नबोल्न सुझाव पनि दिएका छन् । उनले समीर भट्टको उदयलाई उनले काठमाडौं महानगरमा बालेन शाहको उदयसँग तुलना गरेका छन् ।

समीरको आगमनलाई लिएर फिल्म उद्योगका कोही पनि खुसी नरहेको उनले बताए । ‘ऊ जसरी इन्डस्ट्रीमा तयार भएर आयो, यसप्रति कोही पनि खुसी छैनन्’ सेनले भने, ‘विराज भट्टजस्तो सुपरस्टारले आफ्नो छोरालाई १०-१५ वर्षसम्म तयार पारेर विश्व के हो भनेर हिंड्ने डुल्ने उमेरमा ट्रेनिङमा हालेर योद्धा बनाउनु चानचुने कुरा हो ? समीरलाई घुम्न मन थिएन होला र ?’ उनले समीर भट्ट नेपाली फिल्मलाई विश्वमा चिनाउने कलाकार बन्ने पनि दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077