Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

सरकारले रविमाथि राजनीतिक प्रतिशोध साँधेको पुष्टि भयो : स्वर्णिम वाग्ले

सरकारले रविमाथि राजनीतिक प्रतिशोध साँधेको पुष्टि भयो : स्वर्णिम वाग्ले

बिहिवार , कार्तिक ८, २०८१

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले राजनीतिक प्रतिशोधको साँधेर सरकारले रवि लामिछानेलाई पक्राउ गरेको आरोप लगाएका छन् ।

आज बिहान पोखरामा रास्वपाले गरेको पत्रकार सम्मेलनमा बोल्दै उपसभापति वाग्लेले यस्तो बताएका हुन् । उपसभापति वाग्लेले १२५ घण्टा हिरासतमा राख्दा ४–५ घण्टामात्र बयान लिइएको बताए ।

उपसभापति वाग्लेले भने, ‘मानमर्दन गर्ने, अपमान गर्ने जुन शैलीमा सरकार प्रस्तुत भएको छ यसको एउटै मकसद के हो त तेरो सेखी झार्छु, देखाइदिन्छु भन्ने शैलीमा सरकार प्रस्तुत भएको छ ।’

उनले यसलाई सभ्य भाषामा राजनीतिक प्रतिशोध नै भनिने दाबी गरे । पूर्वगृहमन्त्री रवि लामिछाने कास्की प्रहरी हिरासतमा रहेक छन् ।

पोखराको सूर्यदर्शन सहकारीको साढे ५ करोड रकम गोर्खा मिडियामार्फत संगठित रुपमा अपचलन गरेको अभियोग उनीमाथि छ ।

रविले सूर्यदर्शन सहकारीबाटै १ करोड रुपैयाँ लगेर गोर्खा मिडियामै मिलान गरेको पनि संसदीय छानबिन समितिको प्रतिवेदनमा छ ।

समितिले रवि, छवि र गोर्खा मिडियाकै सञ्चालक तथा सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेललाई पनि कारबाहीका लागि सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077