Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

हनि ट्रयापिङ गिरोहको इटहरी प्रहरीमा पनि नेक्सस

हनि ट्रयापिङ गिरोहको इटहरी प्रहरीमा पनि नेक्सस

बिहिवार , कार्तिक ८, २०८१

काठमाडौं । युवतीहरु परिचालन गरी धनाढ्यहरुलाई फसाउँदै आएको हनि ट्रयापिङ गिरोहको इटहरी प्रहरीमा पनि निकटस्थ सम्बन्ध देखिएको छ ।

भैंसेपाटी प्रभागमा गत ७ असोजमा एक जग्गा व्यापारीलाई थुनामा राखेर पैसा असुल्ने ताज इस्लामको इटहरीका धेरै प्रहरीसँग निकटस्थ सम्बन्ध रहेको अनुसन्धानमा खुलेको छ ।

इटहरीका केही प्रहरीसँग दर्शन पोखरेलको सम्बन्ध देखिएको छ।

हनि ट्रापिङमा ताज इस्लामले प्रहरीसँग सेटिङ गर्दै आएका थिए। उनी तस्करी लगायत धेरै धन्दामा संलग्न थिए ।  प्रहरीसँगै मिलेर उनले यस्तो धन्दा चलाउँदै आएको स्रोत बताउँछ ।

सो गिरोहले सुरुमा इटहरीमै ती व्यापारीलाई थुनामा राखी पैसा असुल्ने योजना बनाएको थियो। जसमा  डिएसपीले नमानेपछि उनीहरु ललितपुर आएका हुन् ।

एसपी कमल थापाले उनीहरुलाई भैंसेपाटी प्रभागमा पठाएका थिए । त्यहाँ एसपी थापासँग निकट इन्सपेक्टर बिनुकुमारी शाही कार्यरत थिइन् । सेटिङ मिलेपछि त्यहाँ व्यापारीलाई थुनेर ३० लाख रुपैयाँमा सहमति गरिएको थियो ।

जुन घटनामा इस्लामसहित चार जना हाल थुनामा छन् भने इन्सपेक्टर शाही र दर्शन पोखरेल फरार छन् । सरकारी वकिल कार्यालयले एसपी थापाको पनि बयान गर्न निर्देशन दिएको छ ।

तर, इन्सपेक्टरलाई फरार बनाएर एसपीलाई जोगाउन एक समूह लागिरहेको स्रोत बताउँछ । संगठित अपराधको कसुर भएकाले यसमा सघाउनेहरु समेत तानिने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077