Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

सहकारी पीडितहरुको आन्दोलनमा कांग्रेस-एमालेको पनि समर्थन

सहकारी पीडितहरुको आन्दोलनमा कांग्रेस-एमालेको पनि समर्थन

बिहिवार , कार्तिक ८, २०८१

पोखरा । सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमाले पनि सहकारी पीडितको आन्दोलनमा सहभागि भएका छन्।

सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचत राखेका पीडितहरूको आन्दोलनमा कांग्रेस र एमाले पनि सहभागिता जनाएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले सडक आन्दोलन गरेर अनुसन्धान प्रभावित पार्न खोजेको भन्दै सहकारी पीडितले आन्दोलनमा सहयोग गर्न सत्तारूढ दलहरु नै आन्दोलनमा सहभागि भएका छन्।

सुर्यदर्शन बचत पीडित संघर्ष समितिले बुधबार विज्ञप्ति जारी गर्दै बिहीबार हुने आन्दोलनमा ऐक्यबद्धता जनाउन आग्रह गरेको थियो ।

सहकारी पीडितले आन्दोलनमा साथ दिन आग्रह गरेपछि नैतिक समर्थन दिएको कांग्रेस एमालेका नेताहरुले बताएका छन् ।

सहकारी ठगी र संगठित अपराध कसुरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपा कार्यकर्ताले दिनहुँ सडक आन्दोलन गरिरहेका छन्।

रास्वपाले अनुसन्धान प्रभावित पार्न सडक आन्दोलन गरेको भन्दै पीडित पनि आन्दोलनमा छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077