Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

सरकार विपक्षी दलका नेतालाई छानिछानी जेल हाल्ने काममा लागेको छ : अग्नि सापकोटा

सरकार विपक्षी दलका नेतालाई छानिछानी जेल हाल्ने काममा लागेको छ : अग्नि सापकोटा

बिहिवार , कार्तिक ८, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकार विपक्षी दलका नेताहरूलाई छानिछानी मुद्दा लगाउने काम गरिरहेको आरोप लगाएका छन् ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता सापकोटाले यस्तो बताएका हुन् ।

प्रवक्ता सापकोटाले विपक्षी दलका नेताहरूलाई छानिछानी मुद्दा लगाउने काम गरिरहेको र सत्तापक्षका नेताहरूलाई जोगाउने काम गरिरहेका आरोप लगाए ।

सहकारी बचत अपचलनमा जोडिएका कांग्रेसका उपसभापति धनराज गुरुङ र सार्वजनिक लेखा समितिका सभापति समेत रहेका एमालेका नेता ऋषिकेष पोखरेललाई संरक्षण गरेको उनले आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077