Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

ब्राउनसुगरसहित बैतडीबाट एक जना पक्राउ

ब्राउनसुगरसहित बैतडीबाट एक जना पक्राउ

बिहिवार , कार्तिक ८, २०८१

बैतडी । बैतडीको पाटन नगरपालिकाबाट एक जनालाई ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ ।

पाटन नगरपालिका–६ सुर्नया नदीको पुल नजिकबाट २ ग्राम ४९० मिलिग्राम ब्राउन सुगरसहित पाटन नगरपालिका–४ खोल्सीका २१ वर्षीय नरेश विकलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको टोलीले उनलाई दशरथचन्द राजमार्ग अन्तर्गत सुर्नया नदीको पक्की पुल नजिकबाट ब्राउन सुगरसहित विकलाई नियन्त्रणमा लिएको थियो।

रातिको समयमा सडकमा एक्लै हिडिरहेको अवस्थामा विकलाई चेकजाँच गर्दा ब्राउन सुगर भेटिएपछि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

पक्राउ परेका विकमाथि लागूऔषध ओसारपोसार मुद्दामा अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077