Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

८० हजार घूससहित प्रमुख प्रशासकीय अधिकृत पक्राउ

८० हजार घूससहित प्रमुख प्रशासकीय अधिकृत पक्राउ

बिहिवार , कार्तिक ८, २०८१

बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाबाट खटिएको टोलीले सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साहलाई घूससहित पक्राउ गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत साहलाई सेवाग्राहीसँग ८० हजार रुपैयाँ घूस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाकाअनुसार बिल भुक्तानीको रकम दिएबापत सेवाग्राहीसँग घूस लिँदै गर्दा साहलाई पक्राउ गरिएको हो ।

सेवाग्राहीले दिएको सूचनाको आधारमा अख्तियारको टोली कलैया पुगेको थियो। उनलाई कलैया उपमहानगरपालिका-४ मा लेनदेनकै क्रममा पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077