Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

रवि र छविलाई पक्राउ गर्न रुपन्देही अदालतले पनि दियो अनुमति

रवि र छविलाई पक्राउ गर्न रुपन्देही अदालतले पनि दियो अनुमति

बिहिवार , कार्तिक ८, २०८१

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई पक्राउ गर्न रुपन्देही जिल्ला अदालतले पनि अनुमति दिएको छ ।

कास्की प्रहरीको हिरासतमा रहेका उनीहरुमाथि रुपन्देही अदालतका न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले उनीहरुलाई पक्राउ गर्ने अनुमति दिएको हो ।

योसँगै रुपन्देही प्रहरीले पनि उनीहरु दुबै जनामाथि अनुसन्धान गर्ने छ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रवि र छविसँगै १२ जनालाई सङ्गठित अपराधमा पक्राउ गर्न अदालतले अनुमति दिएको छ।

यसअघि सुप्रिम सहकारीको रकम गैर कानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा सारिएको विषयमा नेटवर्कका उपाध्यक्ष छविलाल जोशीसँग जिल्ला अदालत रुपन्देहीमा दुई दिन बयान लिइएको थियो ।

त्यसपछि उनलाई पोखरा लगिएको थियो । उनीहरु दुवैलाई पोखरामा थप एक साताको म्याद थप गरेर अनुसन्धान भइरहेको छ । आज मात्रै उनीहरुमाथि अनुसन्धान गर्न सात दिनको म्याद थपिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077