Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

बालिकाको इच्छा विपरीत चिनियाँ नागरिकसँग विहे, मण्डपबाटै ८ जना पक्राउ

बालिकाको इच्छा विपरीत चिनियाँ नागरिकसँग विहे, मण्डपबाटै ८ जना पक्राउ

बिहिवार , कार्तिक ८, २०८१

सुनसरी । चिनियाँ नागरिकसँग बालिकाको विवाह गराउने कार्यमा संलग्न ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धनकुटाको छथर जोरपाटी २ की १६ वर्षीया बालिकालाई चीनको हुबेल निवासी ३३ वर्षका लि टेङसँग विवाह गराउँदै गर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्ने ८ मध्ये ३ जना चिनियाँ नागरिक छन् । उनीहरु सबै मिलेर चतरास्थित औलिया बाबाको मन्दिरमा विवाहको कार्यक्रम राखेका थिए । प्रहरी टोली त्यहाँ पुग्दा विवाहको सबै विधि पूरा भइसकेको थियो ।

अभिभावकको सहमतिमै धनकुटाकी १६ वर्षीया नेपाली बालिकाको सिउँदोमा चिनियाँ नागरिकले सिन्दुर हालिसकेका थिए।

चीनको हुबेल निवासी ३३ वर्षीय लि टेङ नामका चिनियाँ नागरिकसित ती बालिकाको विवाह भएको थियो। मन्दिरमा प्रहरी पुग्दा बेहुला–बेहुली विवाहको औपचारिक पोशाकमै थिए।

प्रहरीले बेहुला लि, किशोरीका बाबु, उदयपुर बेलकाका दीपक दर्जी, बद्रीबिक्रम राई, स्याङ्जा पुतलीबजारका शितल गुरुङ, काभ्रेपलान्चोक रोशीकी रोशनीमाया तामाङ तथा चिनियाँ नागरिकहरु डोङ शिहाओ र वु हेजीलाई नियन्त्रणमा लिएको हो।

बालिकाको इच्छा विपरीत प्रलोभनमा पारेर विवाह गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको सुनसरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077