Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बिमा प्राधिकरणले दियो एक करोड

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बिमा प्राधिकरणले दियो एक करोड

बिहिवार , कार्तिक ८, २०८१

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि नेपाल बिमा प्राधिकरणले एक करोड रुपैयाँ हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री ओलीलाई प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले बिहीबार सिंहदरबारमा सो को चेक हस्तान्तरण गरेका हुन् ।

उक्त कोषमा विभिन्न संघ संस्था, निकाय र कम्पनीले सहयोग रकम जम्मा गरेका छन् । यस्तै व्यक्तिगत रूपमा पनि कोषमा रकम जम्मा भएको छ ।

सरकारले गत असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढीपहिरोबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि उक्त रकम खर्च गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077