Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

आज काठमाडौंमा विरोध प्रदर्शन गर्दै रास्वपा, माइतीघरमा भेला हुन आह्वान

आज काठमाडौंमा विरोध प्रदर्शन गर्दै रास्वपा, माइतीघरमा भेला हुन आह्वान

शुक्रवार , कार्तिक ९, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ । रास्वपाले आज दिउँसो १ बजे काठमाडौंस्थित माइतीघरमा प्रदर्शन गर्न लागेको हो ।

पार्टी सभापति रवि लामिछानेलाई प्रतिशोध साँधेर पक्राउ गरिएको बताउँदै आएको रास्वपाले निरन्तर प्रदर्शन गरिरहेको छ ।

यसअघि, रास्वपाले पोखरामा प्रदर्शन गर्दै आएको थियो । बिहीबार पोखरामा पत्रकार सम्मेलन गरेर रास्वपाले अब काठमाडौंमा प्रदर्शन गर्ने जनाएको थियो ।

सहकारी ठगी प्रकरणमा लामिछानेलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरिएको थियो । हिजो मात्रै कास्की जिल्ला अदालतले सभापति लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077