Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

खेतमा जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ

खेतमा जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ

शुक्रवार , कार्तिक ९, २०८१

बर्दिया । बर्दियामा जुवा खालबाट पाँचजना पक्राउ परेका छन् । जिल्लाको गुलरिया नगरपालिका–१० थारुपर्सियाबाट प्रहरीले बिहीबार पाँचजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गुलरिया नगरपालिका–१० का ५० वर्षिय दुलारी यादव, ४५ वर्षिय राम लखन थारु, ३४ वर्षिय उपेन्द्र थारु, ३७ वर्षिय निसार बेहना र गुलरिया वडा नम्बर ८ का ३७ वर्षिय सुरज कुमार थारु रहेका छन् ।

गुलरिया नगरपालिका–१० नोखे थारुको खेतमा जुवातास खेलिरहेको गोप्य सुचनाको आधारमा प्रहरी परिचालन भएका थिए ।

पाँचै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालयबाट पाँच दिनको म्याद थप भई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077