Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

नेपाल विद्युत् प्राधिकरणले काट्यो ३४ उद्योगहरुको लाइन

नेपाल विद्युत् प्राधिकरणले काट्यो ३४ उद्योगहरुको लाइन

शुक्रवार , कार्तिक ९, २०८१

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ३४ उद्योगहरुको विद्युत् लाइन काटेको छ ।

प्राधिकरणले विद्युत् बक्यौता नर्तिने ३४ उद्योगको विद्युत् लाइन काटेको हो ।

गत असोज २४ गते प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् उपभोग गरेका ४९ उद्योगहरूको विवरण सार्वजनिक गर्दे वक्यौता तिर्न कात्तिक ८ गतेसम्मको समयसीमा दिएको थियो ।

यो अवधिमा ८ उद्योगले भने वक्यौता तिरेका थिए भने ३४ उद्योगहरुले वक्यौता तिर्न आनाकानि गरेका थिए ।

बाँकी सातवटा उद्योगको भने अदालतमा मुद्दा विचाराधीन भएकाले लाइन नकाटिएको विद्युत् प्राधिकरणले जनाएको छ ।

दुईवटा सरकारी उद्योग भएकाले ती उद्योगको भने लाइन काटिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077