Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

कांग्रेस सभापति देउवा भन्छन् - सरकारको कामप्रति हामी सन्तुष्ट छौं

कांग्रेस सभापति देउवा भन्छन् - सरकारको कामप्रति हामी सन्तुष्ट छौं

शुक्रवार , कार्तिक ९, २०८१

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको सय दिनको कामप्रति आफ्नो दल सन्तुष्ट रहेको बताएका छन् ।

सभापति देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका कामबाट आफुहरु सन्तुष्ट रहेको बताएका हुन् ।

असार १७ मा कांग्रेस र एमालेबीच ७ बुँदे सहमति भएको र उक्त सहमतिको जगमा असार ३० गते ओली प्रधानमन्त्री बनेका थिए।

ओली सरकारका कामप्रति कांग्रेस सन्तुष्ट रहेको सभापति देउवाले बताए ।

सरकारका कामप्रति असन्तुष्टि जनाउनुपर्ने कुनै कारण नरहेकोसभापति देउवाको भनाइ छ।

कांग्रेस-एमाले गठबन्धन सरकार पूरा कार्यकाल चल्ने पनि सभापति देउवाले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077