Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

रवि लामिछानेको पक्राउविरुद्ध काठमाडौंमा पनि रास्वपाको प्रदर्शन

रवि लामिछानेको पक्राउविरुद्ध काठमाडौंमा पनि रास्वपाको प्रदर्शन

शुक्रवार , कार्तिक ९, २०८१

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध माइतीघरमा प्रदर्शन भएको छ ।

सहकारी ठगी प्रकरणमा सभापति पक्राउ परेपछि रास्वपाका कार्यकर्ताहरु प्रदर्शन उत्रिएका हुन् ।

विरोधमा उत्रिएका रास्वपा कार्यकर्ताले ‘सहकारी पीडितलाई न्याय दे’ लेखिएको प्लेकार्डसमेत बोकेका छन् ।

सभापति लामिछाने २ कात्तिकमा पार्टी मुख्यालय वनस्थलीबाटै पक्राउ परेका थिए ।

गत कात्तिक २ गते पक्राउ परेका लामिछानेमाथि सहकारीको पैसा गोर्खा मिडियामा ल्याएर अपचलन गरेको आरोप छ।

कास्की प्रहरीले उनीमाथि संगठित अपराध समेतको कसुर लगाएर दोस्रो पटक म्याद थप गरी अनुसन्धान गरिरहेको छ।

शुक्रबार रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, केन्द्रीय कोषाध्यक्ष लिमा अधिकारीसहित नेताहरूको अगुवाइमा प्रदर्शन भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077