Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

रास्वपा आएपछि पुराना दलहरूको निद्रा हराएको छ : हरि ढकाल

रास्वपा आएपछि पुराना दलहरूको निद्रा हराएको छ : हरि ढकाल

शुक्रवार , कार्तिक ९, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले २०८४ सम्म भ्रष्टहरू सरकारमा र आफूहरू सदन सडकमा रहने बताएका छन्।

माइतीघरमा प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै सांसद ढकालले यस्तो बताएका हुन् । सांसद ढकालले २०८४ सम्म सडक र सदन रास्वपाको हुने बताए ।

उनले पुराना दलहरूले ३५ वर्षदेखि मुलुकमा रजगज गरेको अवस्थामा गत निर्वाचनबाट रास्वपा संसदमा आएपछि उनीहरूको निद्रा हराएको दाबी गरे ।

उनले राजनीतिक प्रतिशोधका आधारमा पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरिएको बताए ।

उनले पार्टी सरकार हुँदा अरुले भन्दा राम्रो काम गरेको दाबी गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणा बेचना झा पक्राउ गरेपछि सरकार ढालेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077