Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

निर्वाचन आयोगद्धारा स्थानीय तह उपनिर्वाचनका लागि खर्चको सीमा निर्धारण

निर्वाचन आयोगद्धारा स्थानीय तह उपनिर्वाचनका लागि खर्चको सीमा निर्धारण

शुक्रवार , कार्तिक ९, २०८१

काठमाडौं । निर्वाचन आयोगले मंसिर १६ गतेका लागि तय भएको उपनिर्वाचनमा उम्मेद्‍वारको खर्च सीमा निर्धारण गरेको छ ।

निर्वाचन आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै स्थानीय तह उपनिर्वाचनमा उम्मेद्‍वारका लागि खर्चको हद निर्धारण गरेको हो ।

आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ,‘स्थानीय तहमा रिक्त रहेका जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष पदहरूमा उपनिर्वाचन प्रयोजनका लागि स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ तथा स्थानीय तह निर्वाचन नियमावली, २०७३ को नियम ४० बमोजिम उम्मेद्‍वारको मनोनयनपत्र दर्ता भएको मितिदेखि निर्वाचनको परिणाम घोषणा भएको अवधिसम्म उम्मेद्‍वारले खर्च गर्न पाउने रकमको हद तोक्ने गरी आयोगबाट निर्णय भएको छ। ’

जसअनुसार महानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले सात लाख पचास हजार रुपैयाँसम्म खर्च गर्न सक्नेछन् ।

उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले पाँच लाख पचास हजार रुपैयाँ, नगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले चार लाख पचास हजार रुपैयाँ गर्न गर्न सक्ने व्यवस्था रहेको आयोगले जनाएको छ ।

यस्तै गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष पदका उम्मेदवारले तिन लाख पचास हजार रुपैयाँ र जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले पचास हजार रुपैयाँसम्म खर्च गर्न सक्ने छन् ।

त्यसैगरी महानगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले तिन लाख रुपैयाँ, उपमहानगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले दुई लाख पचास हजार रुपैयाँ, नगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले जम्मा दुई लाख रुपैयाँ र गाउँपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले एक लाख पचास हजार रुपैयाँसम्म खर्च गर्न सक्ने गरी खर्चको हद निर्धारण भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077