Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

सूर्यदर्शन सहकारी ठगी प्रकरण : रवि संलग्न गोर्खा ग्रुप अफ कम्पनीका शेयरधनी खनाल पक्राउ

सूर्यदर्शन सहकारी ठगी प्रकरण : रवि संलग्न गोर्खा ग्रुप अफ कम्पनीका शेयरधनी खनाल पक्राउ

शुक्रवार , कार्तिक ९, २०८१

काठमाडौं । प्रहरीले सूर्यदर्शन बचत तथा ऋण सहकारी रकम ठगीमा संलग्न रहेको आरोपमा थप एक जनालाई पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले तनहुँको बगालेफाँटका ४८ वर्षीय रामबहादुर खनाललाई पक्राउ गरेको हो।

उनी नेचर हर्ब्स इन्टरनेशनल प्रालि र गोर्खा ग्रुप अफ कम्पनी लिमिटेडका संचालन एवं शेयरधनी रहेको सीआईबीले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि संलग्न रहेको सूर्यदर्शन सहकारी ठगीको आरोपमा प्रहरीले खनाललाई पक्राउ गरेको हो ।

खनाललाई सूर्यदर्शन सहकारीको अनुसन्धानका लागि पक्राउ गरिएको सीआईबीले जनाएको छ । उनलाई काठमाडौंको पानीपोखरीबाट पक्राउ गरिएको हो ।

उनीमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको सीआईबीले जनाएको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अहिले पूर्वगृहमन्त्री लामिछाने समेत हिरासतमा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077