Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

सत्तारुढ दलहरुको बैठक बालुवाटारमा जारी

सत्तारुढ दलहरुको बैठक बालुवाटारमा जारी

शुक्रवार , कार्तिक ९, २०८१

काठमाडौं । बालुवाटारमा सत्तारुढ दलहरूको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमसहित समसामयिक विषय र सरकारले आगामी दिनमा गर्ने कामका बारेमा छलफल हुने बताइएको छ ।

बैठकमा सरकारमा रहेका एमालेसहित नेपाली कांग्रेस,लोसपा,जसपा तथा सरकारलाई समर्थन गरेका जनमत र नाउपाका नेताहरू सहभागी छन् ।

यसअघि सत्तारुढ दलको बैठक बुधवार बसेको थियो । उक्त बैठकमा सरकारको सय दिनको समीक्षा गर्नुका साथै आगामी दिनमा गर्ने कामबारे आजको बैठकमा छलफल हुने बताइएको छ ।

आजको बैठकमा रास्वपा सभापति रवि लामिछाने पक्राउ प्रकरणलेखि भोलि प्रमुख प्रतिपक्षी माओवादी केन्द्रको प्रदर्शनको बिषयमा समेत छलफल हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077