Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

रेड नोटिस जारी भएका सुजन कम्बोडियाबाट पक्राउ

रेड नोटिस जारी भएका सुजन कम्बोडियाबाट पक्राउ

शुक्रवार , कार्तिक ९, २०८१

काठमाडौं । इन्टरपोलबाट रेड नोटिस जारी भएका एक जनालाई कम्बोडियाबाट पक्राउ गरेर नेपाल ल्याइएको छ।

प्रहरी प्रधान कार्यालयकाअनुसार उदयपुर त्रियुगा नगरपालिका-१० का सुजन आचार्यलाई पक्राउ गरी शुक्रबार नेपाल ल्याइएको हो ।

वैदेशिक रोजगारीका लागि सिंगापुर पठाइदिन्छु भनेर ४० जनाभन्दा बढीबाट ५ करोड २ लाख ९४ हजार रूपैयाँ ठगी गरेको भन्दै सुजन र बिनु शाक्यविरूद्ध जाहेरी परेको थियो।

सुजनविरूद्ध २०७९ जेठ १३ गते जिल्ला प्रहरी परिसर काठमाडौंमा विद्युतीय कारोवार सम्बन्धी कसूर मुद्दा दर्ता भएको र २०८० वैशाख २५ गते प्रहरी वृत्त महाराजगंजमा ठगी तथा अपराधिक लाभ सम्बन्धी कसूरमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा आचार्य विदेशमा भएको जनाकारी प्राप्त भएपछि प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाबाट इन्टरपोलका सम्पूर्ण सदस्य राष्ट्रहरूलाई पत्राचार गरिएको थियो।

त्यसपछि सुजन र शाक्यविरूद्ध २०८० माघ १९ गते रेड नोटिस जारी भएको प्रधान कार्यालयले जनाएको छ। रेड नोटिस जारी भएको ७ महिना पछि असोज १ गते दुवै जनालाई कम्बोडियामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

अहिले सुजनलाई मात्र नेपाल ल्याइएको प्रहरीले जनाएको छ। उनलाई नेपाल ल्याएर जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077