Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

रवि लामिछानेमाथि काठमाडौं प्रहरीले पनि सुरु गर्‍यो अनुसन्धान

रवि लामिछानेमाथि काठमाडौं प्रहरीले पनि सुरु गर्‍यो अनुसन्धान

शुक्रवार , कार्तिक ९, २०८१

काठमाडौं । सहकारी ठगी मुद्दामा पोखरामा थुनामा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेमाथि काठमाडौं प्रहरीले पनि अनुसन्धान अघि बढाएको छ ।

कालिमाटीको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा उनीमाथि अनुसन्धान अघि बढेको हो । सो सहकारीका बचतकर्ताले यसअघि नै जाहेरी दिइसकेका छन् ।

विगतमा कालिमाटी वृत्तले अनुसन्धान गरेकोमा हाल जिल्ला प्रहरी परिसर काठमाडौंमा फाइल तानेर अनुसन्धान भइरहेको छ ।

लामिछाने पक्राउ परेपछि अनुसन्धानलाई तिव्रता दिइएको परिसर स्रोतले बतायो। स्वर्णलक्ष्मी जिबी राईकै सहकारी हो ।

सो सहकारीको पैसा उनले गोर्खा मिडिया लगायत संस्थामा गैरकानुनी रुपमा लगेर हिनामिना गरेका हुन् ।

त्यसरी पैसा गएको बेला लामिछाने गोर्खा मिडियाको सञ्चालक भएकाले उनलाई पनि अनुसन्धान हुन लागेको हो ।

लामिछानेलाई कास्कीपछि रुपन्देही र चितवनमा मुद्दा दायर गरी काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077