Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

बालुवाटार छलफलपछि सत्तारूढ दलद्वारा संयुक्त ७ बुँदे वक्तव्य जारी

बालुवाटार छलफलपछि सत्तारूढ दलद्वारा संयुक्त ७ बुँदे वक्तव्य जारी

शुक्रवार , कार्तिक ९, २०८१

काठमाडौं । सत्तारूढ दलहरुको बैठकले ७ बुँदे वक्तव्य जारी गरेको छ । सत्तारूढ सात दलले प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेर सात बुँदे वक्तव्य जारी गरेका हुन्।

नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीले संयुक्त वक्तव्य जारी गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्तारूढ सात दलका शीर्ष नेताहरूले मुलुकमा विद्यमान संकट र चुनौतीलाई सामना गर्दै लोकतान्त्रिक भविष्यलाई थप सुदृढ बनाउने उद्देश्यसहित सरकारलाई थप प्रभावकारी बनाउने पनि प्रतिबद्धता जनाएका छन्।

बैठकले सरकारको सय दिन, समसामयिक मुद्दा र आगामी योजनाबारे संयुक्त वक्तव्य जारी गरेको छ ।

बैठकले रास्वपा नेता कार्यकर्ताले प्रदर्शनका नाममा लोकतान्त्रिक वातावरण बिथोल्ने प्रयास गरेको निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077