Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

कांग्रेसको ऊर्जा तथा जलस्रोत विभागमा थपिए दश सदस्य

कांग्रेसको ऊर्जा तथा जलस्रोत विभागमा थपिए दश सदस्य

शुक्रवार , कार्तिक ९, २०८१

काठमाडौं । नेपाली कांग्रेसको ऊर्जा तथा जलस्रोत विभागमा दश सदस्य थप गरिएका छन् ।

सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टी केन्द्रीय सदस्य अनिलकुमार रुंगटा प्रमुख रहेको विभाग सदस्यमा शुक्रबार १० सदस्य मनोनयन गरेका हुन् ।​

मनोनीत सदस्यहरूमा जगदिशबहादुर पाल, इञ्जिनियर विनोद देवकोटा, लव ढुङ्गाना, गोरखबहादुर केसी, टीएल रिजाल, इञ्जिनियर धर्मनारायण शाह रहेका छन् ।

यस्तै इञ्जिनियर प्रमोद दवाडी, इञ्जिनियर विकास अधिकारी, पुष्पा शेरचन र तिलविक्रम चेम्जोङ रहेका पार्टीका केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077