Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

भारतमा के गर्दै छन् कांग्रेसका महामन्त्री गगन थापा ?

भारतमा के गर्दै छन् कांग्रेसका महामन्त्री गगन थापा ?

शुक्रवार , कार्तिक ९, २०८१

काठमाडौं । भारतको भ्रमणमा रहेका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालबाट भारत निर्यातमा आएको समस्या समाधानमा भइरहेका पहल लगायतका विषयमा छलफल गरेको बताएका छन् ।

उनले शुक्रबार सामाजिक सञ्जालमार्फत नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका कर्मचारीसँग सो विषयमा छलफल भएको जानकारी गराएका हुन् ।

साथै उनले भारतमा बसोबास गर्ने नेपालीहरूको अवस्थाबारेमा पनि अन्तरक्रिया गरेको बताए ।

यसैगरी नेपाल-भारत व्यापार लगायतका विषयमा दूतावासका कर्मचारीहरूसँग अन्तरक्रिया गरेको उनको भनाई छ ।

यस्तै उनले हिजो भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेसँग भेटवार्ता गरेका थिए ।

महामन्त्री थापा नयाँ दिल्लीमा हुने एशियन क्लाइमेट समिटमा सहभागी हुन बुधबार दिल्ली पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077