Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

धनगढीबाट एक लाख रुपैयाँका पटाकासहित एकजना पक्राउ

धनगढीबाट एक लाख रुपैयाँका पटाकासहित एकजना पक्राउ

शुक्रवार , कार्तिक ९, २०८१

धनगढी । प्रहरीले कैलालीमा पटाकासहित एक जनालाई पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका–८ धनगढीगाँउबाट धनगढी–२ सन्तोषी टोलका ४१ वर्षीय मिनबहादुर बुच्चामगर पटाकासहित पक्राउ परेका हुन् ।

सुदूरपश्चिम प्रदेश ०१–००१ ज १४८२ नम्बरको कारमा १ लाख ४ हजार ३४० मुल्यको ३ कट्टा पटाका ल्याउँदै गरेको अवस्थामा मगरलाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको हो ।

उनी विरुद्ध बिष्फोटक पदार्थ ऐनअनुसार मुद्दा दर्ता गरेर जिल्ला अदालत कैलालीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077