Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

धार्मिक सहिष्णुता खलल पार्ने अभिव्यक्ति दिएको आरोपमा एकजना पक्राउ

धार्मिक सहिष्णुता खलल पार्ने अभिव्यक्ति दिएको आरोपमा एकजना पक्राउ

शुक्रवार , कार्तिक ९, २०८१

काठमाडौं । प्रहरीले धार्मिक सहिष्णुता खलल पार्ने अभिव्यक्ति दिएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको साइबर ब्युरोले खोटाङ हलेसीतुवाचुङ नगरपालका-८ घर भई धरान बस्ने ४२ वर्षीय नयन्द्रकुमार राईलाई पक्राउ गरेको हो ।

उनले युट्युबमा धार्मिक सहिष्णुतामाथि आघात पुर्‍याउने, घृणा वा द्वेष फेलाउने, विभिन्न जात जाति र सम्प्रदायबीचको सम्बन्धलाई खलल पार्ने भिडिओ निर्माण गरेको आरोप छ।

उनीविरूद्ध काठमाडौं जिल्ला अदालतबाट चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077