Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

प्रदर्शनको स्वरूप फेर्न बसेको रास्वपाको बैठक निष्कर्षविहीन, शनिबार फेरि बस्ने

प्रदर्शनको स्वरूप फेर्न बसेको रास्वपाको बैठक निष्कर्षविहीन, शनिबार फेरि बस्ने

शुक्रवार , कार्तिक ९, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आन्दोलन जारी राख्ने निर्णय गरेको छ ।

शुक्रवार साँझ केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिको अनौपचारिक बैठकले आन्दोलन जारी राख्ने निर्णय गरेको हो ।

बैठक शनिवार पनि बस्ने गरी शुक्रवार सकिएको पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए । आन्दोलनको कार्यक्रमको स्वरुपबारे विवरण शनिवार नै सार्वजनिक गरिने उनले बताए ।

लामिछानेलाई २ कात्तिकमा पक्राउ गरेर पोखरा लगिएपछि केही दिन रास्वपाले पोखरामै विरोध प्रदर्शन गरेको थियो ।

गत शुक्रबार काठमाडौँमा पक्राउ परेका लामिछानेलाई बिहीबार कास्की जिल्ला अदालतले दोस्रोपटक म्याद थप गरी अर्को ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077