Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै, के-के छन् एजेन्डा ?

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै, के-के छन् एजेन्डा ?

शनिवार , कार्तिक १०, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।

बैठकमा समसामयिक राजनीतिक विषय, आगामी कार्ययोजना, जारी आन्दोलनलाई कसरी प्रभावकारी बनाउनेलगायत विषयमा छलफल हुनेछ ।

पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरामा आन्दोलन गरेको रास्वपाले शुक्रबारदेखि काठमाडौंमा आन्दोलन सुरु गरेको छ ।

गत शुक्रबार पक्राउ परेका रवि प्रहरी अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा छन् । उनीमाथि सहकारीको रकम अपचलन गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077