Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

अछामबाट तीनजना जुवाडे पक्राउ, नगद १६ हजार बरामद

अछामबाट तीनजना जुवाडे पक्राउ, नगद १६ हजार बरामद

शनिवार , कार्तिक १०, २०८१

अछाम । प्रहरीले अछाममा तीनजना जुवाडेलाई पक्राउ गरेको छ ।

जिल्लाको मंगलसेन नगरपालिका–५ स्थित दिपेन्द्र शाहीको घरमा कोठा भाडा गरी बस्दै आएका सोही ठाउँ बस्ने ३६ वर्षीय प्रकाश भाटले जुवातास खेलाइरहेको अवस्थामा भाटसहित तीनजना जुवाडे पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको बताइएको छ ।

उनीहरुको साथबाट नगद १६ हजार ४३० रुपैयाँ, १ गड्डी तास र ३ थान मोवाइल सेट पनि बरामद गरिएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077