Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

एमालेसँगको सहमति कार्यान्वयन हुन्छ, दुई वर्षपछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ : शेखर कोइराला

एमालेसँगको सहमति कार्यान्वयन हुन्छ, दुई वर्षपछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ : शेखर कोइराला

शनिवार , कार्तिक १०, २०८१

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारमा बसेकाहरुले एमालेसँग सहकार्य गरेपनि आफुहरु प्रतिस्पर्धा गर्ने बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौं महानगरपालिका-३२ को शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

नेता कोइरालाले राजनीतिक स्थायित्यका लागि एमालेसँग मिलेर सरकार बनाएको बताए।

नेता कोइरालाले भने, ‘उहाँहरुबीचको सहमति अनुसार दुई बर्ष ओलीजी प्रधानमन्त्री हुनुहुन्छ। त्यसपछि शेरबहादुरजीले चुनाव गराएइर जाने कुरा छ कांग्रेसको चाहना पनि त्यही हो। तर, हामीहरुको प्रतिस्पर्धीं एमाले हो। सहकार्य पनि एमालेसँगै गर्नुपरेको छ। हामीलाई अफ्ठ्यारो त्यहाँ परेको छ। एमाले प्रतिस्पर्धी पनि हो। सरकारमा पनि छौं। सरकारमा बसेकाहरुले सहकार्य गरुन् त बाहिर हामीहरु छौं हामीहरुले प्रतिस्पर्धीको रोल पनि खेल्नुपर्छ। ’

उनले सहमति अनुसार दुई बर्षपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताए।

उनले चुनावी गठबन्धन रणनीतिक हुने भएपनि अहिलेदेखि नै एक्लै लड्ने तयारी गरेर जानुपर्ने जोड दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077