Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

सहकारी ठगीमा संलग्न सबैमाथि अनुसन्धान हुन्छ : सञ्चारमन्त्री गुरुङ

सहकारी ठगीमा संलग्न सबैमाथि अनुसन्धान हुन्छ : सञ्चारमन्त्री गुरुङ

शनिवार , कार्तिक १०, २०८१

लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगीमा संलग्न सबैमाथिअनुसन्धान हुने बताएका छन् ।

लमजुङमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन् ।

सञ्चारमन्त्री गुरुङले सरकारले सहकारी ठगीसम्बन्धी छानबिन गर्न गठित संसदीय समितिको प्रतिवेदनले दोषी देखाएका सबैमाथि अनुसन्धान अघि बढाउने बताए ।

सञ्चारमन्त्री गुरुङले जति दबाब आए पनि अनुसन्धान नरोकिने बताए।

रास्वपा सभापति रवि लामिछाने पक्राउ परेपछि अनुसन्धान प्रभावित पार्न र न्यायालयमाथि दबाब दिन सडकमा प्रदर्शन भइरहेका बेला सञ्चारमन्त्री गुरुङले अनुसन्धान नरोकिने बटमलाइन रहेको बताएका हुन्।

सञ्चारमन्त्री गुरुङले जतिसुकै ठूलो दबाब आए पनि सहकारी ठगीमा अनुसन्धान कसैको दबाबले नरोकिने बताए ।

सरकार सुशासनमा दृढताका साथ अघि बढेको दाबी गर्दै मन्त्री गुरुङले उक्त अभियान रोक्न खोज्नेहरू सफल नहुने बताए । दोषी प्रमाणित भए सजाय भोग्न तयार हुनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077