Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

सरकार फेर्न हामीलाई हतार छैन, ढुक्कसँग चलाए हुन्छ : प्रचण्ड

सरकार फेर्न हामीलाई हतार छैन, ढुक्कसँग चलाए हुन्छ : प्रचण्ड

शनिवार , कार्तिक १०, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफुहरुलाई सरकार फेर्न हतार नभएको बताएका छन् ।

काठमाडौंमा आयोजित खबरदारीसभामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले आफूले सरकार ढाल्ने गरी आन्दोलन नगरेको बताए ।

उनले माओवादीले सरकार फेर्न हतार गर्‍यो भन्ने भ्रम छ भने फाल्न आग्रह गरे ।

अध्यक्ष प्रचण्डले भने,‘माओवादीले सडकबाट सरकार फेर्न हतारो गरेको छ भन्ने बुझ्नुभएको छ भने तपाईंहरु भ्रममा हुनुहुन्छ, त्यो भ्रम फाल्नुस् ।तपाईंहरुजस्ता पार्टीहरु यो देशका दलाल, पुँजीपति भ्रष्टहरुको प्रतिनिधि हुनुहुन्छ, केही समय तपाईहरुसँग सहकार्य गरेर गल्ती गर्‍यौं, तपाईहरुको रोग हामीलाई पनि सर्‍यो । तपाईहरुले ढुक्कसँग चलाए हुन्छ सरकार, माओवादी आउँछ कि भन्ने टेन्सन नलिए हुन्छ ।’

अध्यक्ष प्रचण्डले कांग्रेस र एमालेसँग विगतमा सत्ता सहकार्य गरेर गल्ती गरेको बताए ।

अब आफूहरु प्रधानमन्त्री र मन्त्री बनाइदिनुस् भन्दै नआउने अध्यक्ष प्रचण्डले बताए । माओवादीले फेरि कांग्रेस फकाउला वा एमाले फकाउला भन्ने चिन्ता नलिन पनि उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077